Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकबाट हालै बजारमा वितरण गरिएका दस रूपैयाँका नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको फेला परेको छ ।
विभिन्न बैंक र वित्तीय संस्थामार्फत सर्वसाधारण जनतालाई उपलब्ध गराइएको नयाँ नोटमध्ये दस रूपैयाँको नोटमा गभर्नरको हस्ताक्षर नभएको भेटिएको हो । दस रूपैयाँको गड्डीभित्र केही यस्ता नोट फेला परेका छन्  ।
आफूले राष्ट्रिय वाणिज्य बैंकबाट नयाँ नोट साटेकामा अहिले आएर हेर्दा त केही नोटहरूमा गभर्नरको हस्ताक्षर नभएको पाइएको नवलपरासी सुक्रौलीका अजय कुँवरले बताउनुभयो । तर यी नोट भने नक्कली नभएको बैंकहरूले दाबी गरेका छन्  । ती नोटमा प्राविधिक कारण गभर्नरको हस्ताक्षर छुटेको हुन सक्ने राष्ट्रि य वाणिज्य बंैक परासी शाखाले जनाएको छ  । यसबारे केन्द्रीय बैंकमा जानकारी गराइएको छ  ।
तपाईको प्रतिक्रिया