मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024
काठमाडौं– सभासद् बालकृष्ण ढुङ्गेलको सर्वश्वसहित आममाफी दिने सिफारिसको विरोध भएकाबेला माओवादी नेताकै हत्या आरोपी राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का नेता ओमप्रकास यादव गुल्जारीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका छन् । उनको शपथ पनि भइसकेको छ ।
२०६४ साल जेठ २८ गते रुपन्देही मर्चवारमा वाईसीएल केन्द्रीय सदस्य विनोद पन्त र मणि लामिछानेको हत्या गरेको अभियोग गुल्जारीमाथि छ । मधेस आन्दोलनसँगै जोडेर पूर्ववर्ति सरकारले गुल्जारीलाई आममाफी दिएको थियो ।
यादव संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
तपाईको प्रतिक्रिया