आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
रुकुम– रुकुमको छिवाङ गाविसमा १४ किलो घ्यूको बाकसमा सात किलो ढुङ्गा फेला परेको छ । गाविसको वडा नम्बर ८ का परे रोकाले बिक्री गर्न स्थानीय बाघखोर बजारमा ल्याएको घ्यूमा स–साना आकारका सात किलो ढुङ्गा फेला परेका हुन् ।
बाघखोर बजारका स्थानीय व्यापारी भीमबहादुर खत्रीले घ्यू खरीद गर्ने क्रममा जाँच गर्दा ढुङ्गाहरु फेला परेका थिए  । घ्यू व्यापारी परे रोकालाई बजार व्यवस्थापन समितिले आइन्दा यस्तो नगर्न चेतावनी दिएको छ ।
गत वर्ष पनि भीमबहादुरले नै खरीद गरेको १६ किलो घ्यूको बाकसमा तीन किलो नुन फेला परेको थियो ।
तपाईको प्रतिक्रिया