आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुरामसँग केही गुनासो छ ? कि सुझाव छ ? केही भए प्रधानमन्त्रीसँग प्रत्यक्ष कुरा गर्न तयार रहनुस् ।
प्रधानमन्त्रीभट्टराईले जनचासो, जनअपेक्षा, जनगुनासो र जनसरोकारबारे दोस्रोपल्ट रेडियो नेपालबाट सोमबार श्रोतासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
गत असोज १५ गते जनतासँग प्रत्यक्ष संवाद गर्नुभएका प्रधानमन्त्री डा भट्टराईले सोमबार राति ८ बजेर १० मिनेटपछि एक घन्टासम्म रेडियो नेपालको स्टुडियोबाट प्रत्यक्ष अन्तक्र्रिया गर्नुका साथै आफ्ना भावी योजना बारेमा जानकारी गराउनेछन् ।
प्रधानमन्त्रीसँग जनताले रेडियो नेपालको टेलिफोन नं ४२२१७२१ वा ४२२१७३६ मा फोन गर्न सक्ने व्यवस्था मिलाइएको रेडियो नेपालले जनाएको छ ।
इमेल मार्फत् पनि प्रधानमन्त्रीसँग आफ्ना जिज्ञासा, गुनासो र सरोकार राख्न सकिने व्यवस्था मिलाइएको छ । जसअनुरुप [email protected] मा आफ्ना कुराहरु इमेल गर्न सकिने छ ।
तपाईको प्रतिक्रिया