आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- अमेरिका जान लागेकी एक महिलासँग एक लाख १० हजार रुपैयाँ घूस लिने अध्यागमन अधिकृत पूर्णबहादुर बस्नेतलाई दुई महिनाका लागि निलम्बन गरिएको छ ।
सोलुखुम्बु खुम्जुङ घर भई कपनमा बस्दै आएकी दिचिन डोमा शेर्पाबाट गत असोज २४ गते १० हजार र २५ गते एक लाख रुपैयाँ लिएका बस्नेतलाई निलम्बन गरिएको अध्यागमन विभागका अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।
बस्नेतले लिएको घूसको भिडियो राजधानीमा सार्वजनिक भएपछि प्रधानमन्त्रीले समेत कारबाहीको निर्देशन दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया