आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- यस वर्षको वीर गणेशमान सिंह पुरस्कार ‘वर्ष बालिका’ विपस्वी पौडेललाई दिइने भएको छ ।
पुरस्कार कोषले आयोजना गरेको कार्यक्रममा साहित्यकार द्वारिका श्रेष्ठले उक्त पुरस्कार पौडेललाई दिने निर्णय भएको जानकारी दिए ।
पौडेल टर्कीमा सम्पन्न भएको प्रतियोगितामा ुलिटिल मिस वर्ल्ड २०११ुको उपाधी हासिल गरिसकेकी छिन् । त्यस्तै, अन्तराष्ट्रिस्तरीय बिभिन्न क्रियाकलापहरुमा पनि सहभागी भइसकेकी छिन् ।
कोषले प्रत्येक वर्ष १६ वर्षभन्दा मुनिका बालबालिकामध्ये एक जनालाई पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँका साथै गणेशमान सिंहको पूर्णकदको चाँदीको प्रतिमा र प्रशंसापत्र प्रदान गरिने छ ।
तपाईको प्रतिक्रिया