आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- भारतसँग भएको बिप्पा सम्झौतापछि पार्टीभित्र देखिएको आन्तरिक विवाद कम गर्न एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक बस्दैछ ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा शान्ति प्रक्रियामा भइरहेको छलफल र नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट राखेका प्रस्तावमा थप छलफल हुनेछ ।
 समायोजन हुने माओवादी लडाकुको संख्याबारे कांग्रेस र एमाले ६ हजारभन्दा माथि जान नचाहेको र राहात प्याकेजमा केही रकम कम गर्ने प्रस्ताव राखेपछि माओवादीले त्यस विषयमा थप छलफल गर्ने छ ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले पार्टीभित्रका विवादका विषयमा सबैमा छलफल भए पनि शान्ति प्रक्रियाका विषयमा छलफल केन्द्रित हुने जानकारी दिए । बिप्पा सम्झौताको विवाद केन्द्रीय समितिमा लैजाने सहमति भइसकेकाले आज शान्ति प्रक्रियाका केही नमिलेका विषयमा छलफल बढी केन्द्रित हुने उनले बताए ।
बैठकले केन्द्रीय समितिको बैठकका लागि एजेण्डा पनि तय गर्नेछ । प्रधानमन्त्री बाबुराम भट्टराईको भारतभ्रमणका क्रममा भएको बिप्पा सम्झौतापछि सुरु भएको माओवादीभित्रको विवाद अझैसम्म कायम छ ।
तपाईको प्रतिक्रिया