आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले विमानस्थलमा घूस माग्ने कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।
गत असोज १४ गते अमेरिका जानलागेकी डिचेन डोल्मा शेर्पासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा पूर्णबहादुर बस्नेतले डेढ लाख रुपैयाँ घूस मागेका थिए ।
शेर्पाले बस्नेतलाई एक लाख रुपैयाँ घूस दिएको र सोको प्रमाण विभिन्न सञ्चार माध्यमलाई उपलब्ध गराई कारबाही गर्न तथा गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
सोही ध्यानाकर्षणलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले गृहसचिव सुशील जङ्गबहादुर राणा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवती काˆलेलाई टेलिफोन गरी निर्देशन दिनुभएको प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले बताउनुभयो ।
‘विदेश जान लागेका नागरिकसँग घूस माग्ने कर्मचारीलाई विभागीय कारबाही गर्नोस् भन्ने निर्देशन प्रधानमन्त्रीले सचिवहरुलाई दिनुभएको छ’- पाण्डेले भन्नुभयो ।
अमेरिका जान लाग्नुभएको शेर्पासँग नासु बस्नेतले अन्तिममा एक लाख रुपैयाँ लिनुभएको शेर्पाको भनाइ रहेको छ ।
आफूलाई तिब्बती शरणार्थी भएको भन्दै बस्नेतले घूस मागेको शेर्पाले पत्रकारसम्मेलनमार्फत जानकारी गराउनु भएको थियो  ।
तपाईको प्रतिक्रिया