आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजनमा काग्रेस र एमालेले राखेको संख्या, मोडालिटि, नेतृत्व र पुर्नस्थापनाको प्याकेजमा राखेको शर्त फिर्ता नलिएसम्म शान्ति प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।
हिमालयन टेलिभिजमा शनिबार राति साढे नौ बजे प्रशारण हुने द आरडी सोका लागि अन्र्तवार्ता दिदै बादलले कांग्रेस र एमालेले राख्दै आएको शर्त आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पार्नुभयो ।
उहाँले शान्ति प्रक्रिया अगाडि बढ्ने भन्दा पनि पछाडि तिर धकेलिदै गएको भन्दै अहिले शान्ति प्रक्रिया अगाडि बढ्न नसक्ने बताउनुभयो ।
महासचिव बादलले आफूहरु सामूहिक समायोजन, माओवादी लडाकुको नेतृत्वमा महानिर्देशनालय गठनको पक्षमा रहेको भन्दै ८ हजारभन्दा कम समायोजना, १० लाख भन्दा कम पुर्नस्थापना प्याकेज स्विकार्ने पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले कांग्रेस र एमालेले माओवादी लडाकुलाई आत्मसमर्पण र निशस्त्रीकरण गराउन खोजेको आरोप लगाउँदै कुनै पनि हालतमा त्यस्तो हुन नदिने चेतावनी दिए ।
आगामी केन्द्रीय समितिको बैठकमा सरकार गठनको सन्दर्भमा भएको चार बुँदे सम्झौता, लडाकुको हतियार राखेको कन्टेनरको साचो बुझाउने र बिपा सम्झौताको विषयमा रहेको विवादको छिनोफानो हुने भन्दै प्रधानमन्त्रीले पार्टीको निर्देशन विपरीत बिपा सम्झौता गरेकोले त्यसको विषयमा गंभिर छलफल हुने जानकराी दिनुभयो ।
उहाँले पार्टी अध्यक्ष प्रचण्डले भारतको सिलगुडीमा ‘र’ का अधिकारीलाई भेटेको विषयमा बैठकले स्पष्टिकरण लिने भन्दै हरेक भेट पारदर्शी बनाउने विषयमा बैठकले ठोस निर्णय गर्ने समेत बताउनुभयो ।
उहाँले पार्टीको नेतृत्वमा रहेको सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई भारत भ्रमणबाट फर्केपछि पार्टीले नभई जनताले कालोझण्डा देखाएको दावी गर्नुभयो । महासचिव बादलले पार्टी भित्र पनि प्रतिपक्ष चाहिने भन्दै आफूहरुले पार्टीभित्र प्रतिपक्षको रुपमा रचनात्मक भूमिका खेलेको दावी समेत गर्नुभयो ।
तपाईको प्रतिक्रिया