आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं– आफूले चालेका जुनसुकै कदममा ‘अब्जेक्सन’ गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी उपाध्यक्ष मोहन वैद्यलाई मनाउने प्रयास गरेका छन् ।
वैद्यले मधेसवादी दलसँग सरकार निर्माण गर्दा भएको चार बुँदे सहमति खारेज, बिपा सम्झौता राखेर र लडाकु कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने निर्णयको विरोध गर्दै आएको छ ।
भट्टराईले शनिबार बिहान गोंगबुस्थित वैद्य निवासमा गएर विवाद नझिक्न आग्रह गर्दै सेना समायोजन र शान्ति प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेका छन् ।
तपाईको प्रतिक्रिया