आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार राजरिझन यादवलाई पितृशोक परेको छ ।
माओवादी केन्द्रीय सदस्य तथा प्रेस सल्लाहाकार यादवका बुवा विश्वनाथ यादवको ७८ बर्षको उमेरमा शुक्रबार राति सिरहास्थित घरमा निधन भएको छ ।
लामो समय देखि क्षयरोगको बिरामी भएपनि औषधि खाएपछि लगभग निको भइसकेको थियो । तर क्षयरोगसँगै जण्डिस देखापरेपछि जण्डिस कै कारण निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार यादवले जानकारी दिए ।
तीनअघि अस्प्तालबाट अवस्था सुधार भएर घरमा ल्याइए पनि शुक्रबारराति अकस्मात मुखबाट रगत बगेपछि निधन भएको थियो । यादवको शनिबार नै दाहसंस्कार गरिएको छ ।
१३ दिनको काजक्रियालाई ४ दिनमा सक्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । परिवार बीचको लामो विवादपछि प्रगतिशिल दाहसंस्कारका रुपमा चार दिन काजरिया गर्ने सहमति बनेको थियो ।
तपाईको प्रतिक्रिया