आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- तिहारलगत्तै सेना समायोजका विषयमा सहमति जुटाउन मुख्य दलहरुले शनिबारदेखि छलफललाई तीव्रता दिने तयारी गरेका छन् ।
एकीकृत नेकपा माओवादीले शनिबार नेपाली कांग्रेस र नेकपा एमालेसित छलफल गर्ने जनाएको छ । आइतबार हुने तीन दलको बैठकको तयारी स्वरुप छलफल हुने नेताहरुले बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं बाहिर हुनुभएकाले छलफलको समय भने तय भैसकेको छैन ।
सहमति हुन बाँकी समायोजन गर्ने लडाकुको संख्या र पुनर्स्थापना प्याकेजमा विषयमा नेताहरुबीच छलफल हुन लागेको हो । यस विषयमा माओवादीले कांग्रेससँग यसअघि नै छलफल गरेपनि सहमति हुन सकेको छैन ।
काँग्रेस र एमालेले पाँच हजार लडाकु समायोजन गर्न र पुनर्स्थापनामा जाने लडाकुलाई ३ देखि ६ लाख रुपैयाँ दिनुपर्ने शर्त राखेका छन् । तर माओवादीले सात हजार लडाकु समायोजन गर्न र पुनर्स्थापनामा जाने लडाकुलाई ६ देखि ९ लाख रुपैयाँ दिनुपर्ने अडान राख्दै आएको छ ।
तिहारअघि सहमति जुट्ने भन्दै आएका नेताहरुले अव छठ पर्व अघि नै सेना समायोजनको विषय टुंगो लाग्ने दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया