शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
ब्रुनाई (सेरिया)- नेपाली खस भाषा साहित्य र विशेषत लिम्बु भाषा साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका येहाङ लाओतीलाई प्रवासी नेपाली साहित्य समाजले ब्रुनाईमा खादा र प्रमाणपत्रबाट सम्मान गरेको छ ।
त्यस्तैगरि वेलायतमा रहेर नेपाली खस भाषाको संरक्षण, सम्बर्द्धनमा योगदान पुर्‍याउनु भएका चण्डिराज राई र गुर्खा संचार सहकारी संस्था लिमिटेडका सदस्य नेपालबाट ब्रुनाई आउनुभएका सरला सुब्बालाई पनि सम्मान गरिएको थियो ।
गुर्खा संचार सहकारी विषयक अन्तर्क्रिया तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन युवराज गर्वुजा पुन मगर र अतिथिको रुपमा भिम राई, दिपा लिम्बु राई, जानुका राई रहनुभएको थियो ।
उक्त कार्यक्रममा मिलन चाम्स, नरेस राई, विश्वास दीप तिगेला लगायतले पनि बोल्नु भएको थियो । सहभागीहरुले गुर्खा संचार सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । समारोहका सभापतित्व सुनिता लिम्बुले गर्नुभएको थियो भने सञ्चालन सन्तकुमार आङदेम्बेले गर्नुभएको थियो ।
नयाँ सन्देशलाई ब्रुनाईबाट अझबढि सहयोग हुने
बेलायतबाट नेपाली खस भाषामा प्रकाशित हुने नयाँ सन्देश साप्ताहिकको पाठक तथा ग्राहक संगको प्रत्यक्ष अन्तक्रिया कार्यक्रम ब्रुनाईमा सम्पन्न भयो ।
पत्रिकाको विस्तार तथा सुझाव संकलनको लागि बेलायतबाट ब्रुनाई आइपुग्नु भएका प्रधान सम्पादक चण्डिराज राईले पत्रिका प्रकाशनको कारण, आवश्यकता र प्रगति बारे जानकारी गराउनुको साथै सहभागिहरुको सुझावहरु लिनुभयो ।
उक्त कार्यक्रममा रामप्रसाद लिम्बु, लाल शाही, जानुका राई लगायतले बोलेका थिए भने सहभागिहरुले नयाँ सन्देशलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहर्‍याएका छन् ।  कार्यक्रमको प्रमुख अतिथि गोर्खा मेजर याम रानामगर रहनु भएको थियो भने सभापतित्व मेनुका राईले गर्नुभएको थियो र इश्वर चाम्लिङले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया