शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
जनकपुर- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सिँचाइ मन्त्री रघुवीर महासेठले नेकपा एमाले समग्र मधेस एक प्रदेशको नभई दुई प्रदेशको पक्षमा रहेको वताएका छन् ।
समग्र मधेश एक स्वायत प्रदेशमा सम्पूर्ण मधेशलाई समेटिन नसक्ने भएकाले एमाले पार्टी दुई प्रदेशको पक्षमा रहेको जानकारी दिएका छन् ।
नेकपा एमाले धनुषाले जनकपुरमा दीपावली, छठ तथा ईदको अवसरमा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा महासेठले नेपाली सेनामा मधेशी समुदायको समावेशी प्रवेशका मुद्दा सत्ता वार्गेनिङकोलागि मात्रै भएको आरोप लगाए ।
मधेशवादी दल सत्ता लोभमा परेका कारण मधेशीका मुद्दामा नेकपा एमाले प्रतिवद्ध रहेको उनले दावी गरेका थिए ।
तपाईको प्रतिक्रिया