Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत भ्रमणकाक्रममा गर्नु भएको बहुचर्चित लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता बिपाको स्वयम् उहाँको पार्टी माओवादीले पनि विरोध जनाएको छ ।
बिपा सम्झौता मुलुकका लागि घात भएको भन्दै उपाध्यक्ष मोहन बैद्य पक्षले त्यसको बिरोध गरेको हो । सचिव सिपी गजुरेलले बिपा सम्झौताका बारेमा पार्टीमा कुनै छलफल नभएको बताउनुभयो ।
सम्झौताले दिर्घकालीन असर पर्ने भन्दै आफुहरु चुप लागेर नबस्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री भट्टराईले भने आर्थिक बिकास र समृद्धितिर नगइकन राष्ट्रियता बच्नेवाला छैन भन्दै आफुले सम्झौता गरेर जोखिम मोलेको बताउनुभएको छ ।
बिपाले विदेशी पुँजीलाई जसरी आकर्षित गर्ने भन्दै उहाँले त्यसले नेपालको तीब्र बिकासको पनि बाटो खोल्ने बताउनुभयो । बिपा सम्झौतामा आन्तरिक सशस्त्र द्वन्द्व,  दंगा लगायत कारणबाट हुने नोक्सानीको लगानीकर्तालाई क्षतिपुर्ति दिन सुनिश्चित गर्ने उल्लेख गरिएको छ । ***
तपाईको प्रतिक्रिया