काठमाडौं– चार दिने सदभाव भ्रमणमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्लीमा छन् । नेपालमा भने उनको भ्रमणकाबारेमा सकारात्मक नकारात्मक चर्चा भइरहेको छ ।
एकथरी शान्ति र संविधानको काम छाडेर गएकोमा विरोध गर्दछन् भने कोही निम्तो मान्न गएका भएकाले यसले खासै असर नगर्ने बताउँदैछन् ।
माओवादीप्रति विशेष सहानुभूति राख्ने डा. सुन्दरमणि दीक्षितलाई त प्रधानमन्त्रीको भ्रमणले लज्जित तुल्याएको छ । ‘सायद भारत पनि जिल्ल परेको होला । प्रधानमन्त्रीमा निर्वाचित भएपछि बधाई र निम्तो दिनु स्वाभाविक हो । तर, भारतले पनि यति चाँडै दौडिएर आउलान् भन्ने पक्कै सोचेको थिएन ।’
उनी अस्थायी प्रधानमन्त्रीसँग भारतले कुनै निर्णय गरी नहाल्ने ठान्छन् । ‘देशमा भुइँचालो जाँदा त ओबामाको भोज खान भट्टराई जानुभयो भने भारत त उहाँका लागि सामान्य कुरा हो,’ दीक्षित भन्छन्, ‘त्यस्तो अवस्थामा उहाँ अमेरिका जाँदा त जिल्ल परेको थिएँ, तर अहिले चाहिँ छैन ।’ बालुवाको घरमा रहेको मन्त्रिमण्डललाई बलियो बनाइदेऊ भन्न भट्टराईले भारत भ्रमण गर्न लागेको दाबी उनको छ । ‘शान्ति र संविधानलाई बिर्सिएर भ्रमणमा केन्दि्रत हुनु प्रधानमन्त्रीको मुख्र्याइँ र गैरजिम्मेवारीपन हो,’ दीक्षित भन्छन् ।
त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाँही के छ भने झलनाथ खनालबाहेक प्रजातन्त्र पुनःस्थापनापछिका सवै प्रधानमन्त्री भारत गएका रहेछन् । तर नेपालमा चाँही आउने कम रहेछन् । को–को गए, को–को आए त ?
नेपालबाट गएका
कृष्णप्रसाद भट्टराई जेठ २५–२७, २०४७
गिरिजाप्रसाद कोइराला मंसिर १९–२४, २०४८
मनमोहन अधिकारी चैत २७, ०५१– वैशाख २, २०५२
शेरबहादुर देउवा माघ २८–फागुन ५, २०५२
गिरिजाप्रसाद कोइराला साउन १६–२२, २०५७
शेरबहादुर देउवा चैत ७–१२, २०५८
शेरबहादुर देउवा भदौ २३–२७, २०६१
गिरिजाप्रसाद कोइराला जेठ २८–३१, २०६३
पुष्पकमल दाहाल भदौ २९–असोज १, २०६५
माधवकुमार नेपाल भदौ २–६, २०६६
बाबुराम भट्टराई कात्तिक ३–६, २०६८
भारतबाट आएका
प्रम चन्द्रशेखर फागुन १–३, २०४७
पीभी नरसिंह राव कात्तिक ३–४, २०४९
आईके गुजराल जेठ १९–२५, २०५४