Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराई र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीबीचको शुक्रबार साँझका लागि तय भएको भेटवार्ताको कार्यक्रम स्थगित भएको छ ।
गान्धीको स्वास्थ्यका स्वास्थ्य स्थितिका कारण चार बजेका लागि निर्धारित भेटघाटको कार्यक्रम स्थगित भएको हो । सोनिया गान्धीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको भनिएको भेट फेरि हुने नहुने स्पष्ट छैन ।
 यसैबीच प्रधानमन्त्री भट्टराई भरतीय उद्योगी व्यवसायीद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।
त्यस्तै प्रधानमन्त्रीले भारतीय विपक्षी दलकी नेतृ सुष्मा स्वराजसँग पनि भेट वार्ता गर्नु भएको छ । प्रधानमन्त्री बसिरहेको होटल लिला प्यालेसमा भएको भेटमा स्वराजले नेपालको जारी शान्ति प्रकृया र संविधान निर्माणमा चासो व्यक्त गर्नु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । स्वराजले नेपालको आन्तरिक समस्या नेपाली जनता आँफैले समाधान गर्नुपर्ने बताउनु भएको थियो ।
तपाईको प्रतिक्रिया