Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
नयाँदिल्ली– चार दिने सदभाव भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबारदेखि राजनीतिक भेटवार्ता तीब्र पार्दैहुनुहुन्छ ।
प्रधानमन्त्री भट्टराईले शुक्रबारबाट महत्वपूर्ण भेटवार्ता सुरु गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले शुक्रबार नै आफ्ना भारतीय समकक्षी डा. मनमोहन सिंहसँग हैदरावाद हाउसमा भेट गर्नुहुने बताइएको छ । दुवै प्रधानमन्त्री बीचको भेटमा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम समेत तय भएको छ ।
भारतले प्रदान गर्ने सहुलियत दरको ऋणसम्बन्धी सम्झौता र दोहोरो कर नलाग्ने व्यवस्थासहितको सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । शुक्रबार नै प्रधानमन्त्री भट्टराईको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गर्नुहुने रात्री भोजमा पनि प्रधानमन्त्री भट्टराई सरिक हुनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री भट्टराईले भारतीय राष्ट्रपति प्रतिभादेवी पाटिल, उपराष्ट्रपति हमिद अन्सारी, सत्तारुढ युनाइटेड प्रोगेसिभ एलायन्स यूपीएका अध्यक्ष सोनिया गान्धी, वित्तमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा, लोकसभामा विपक्षी दलकी नेत्री सुष्मा स्वराज र भारतीय जनता पार्टीका अध्यक्ष नितिन गुडकरीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम छ छ ।
 प्रधानमन्त्रीको आजको कार्यतालिका यस्तो छ–
– भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग दिल्ली स्थित हैदरावाद हाउसमा भेटवार्ता तथा रात्री भोज ।
– राष्ट्रपति प्रतिभादेवी सिंह पाटिल, उपराष्ट्रपति हमीद अन्सारी तथा अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता ।
– दिल्लीको राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा माल्यार्णप ।
– अन्य अन्तक्रियात्मक कायक्रमहरुमा सहभागी ।
प्रधानमन्त्री डा. भट्टराई बिहीबार मध्यान्ह सवा १२ बजे नेपाल एयरलाइन्सको विमानबाट नयाँ दिल्ली आइपुग्नुभएको हो  । चार दिने भारत बसाइका क्रममा प्रधानमन्त्री भट्टराईले जारी शान्तिप्रक्रिया, संविधान लेखन, द्विपक्षीय सहयोगका विषयमा भारतिय पक्षसँग कुराकानी गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, व्यवस्थापिका संसदका सदस्य तथा सरकारी उच्च्च पदस्थ अधिकारीहरु सहित ३७ सदस्यीय छन् । यस्तै आफ्नै आर्थिक व्ययभार व्यहोर्ने गरी केही उद्योगी व्यवसायी र पत्रकारहरु पनि भ्रमण टोलीमा छन् ।
चारदिने भ्रमण पुरा गरी प्रधानमन्त्री आगामी आइतबार स्वदेश फर्कनु हुनेछ ।
तपाईको प्रतिक्रिया