सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभू शाहबारे सरकारी धारणा छिट्टै सार्वजनिक गर्ने भएका छन् ।
भण्डारीले तराईका २२ जिल्ला टुक्र्याउने र शाहमाथि विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्या आरोप लागेको छ । दुवैको राजीनामा माग गर्दै प्रतिपक्षी कांग्रेस र एमालेले सदन अवरुद्ध गर्न सुरु गरेपछि प्रधानमन्त्रीले धारणा सार्वजनि गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल ‘सुनिल’ले प्रधानमन्त्रीले छिट्टै धारणा बाहिर ल्याउने जानकारी दिए । ‘प्रतिपक्षको माग र पार्टीको निर्णयबारे प्रधानमन्त्री गम्भीर हुनुहुन्छ,’ उनले भने, ‘यसबारे एक-दुई दिनमा केही निर्णय हुन्छ ।’
माओवादीलेसमेत रक्षामन्त्रीले राजीनामा दिनुपर्ने तर भूमिसुधार मन्त्रीलाई भने संरक्षण गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया