सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं- स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार तथा ब्यवस्था मन्त्री प्रभु साहको राजीनामा माग्नु शान्ति र संविधान विथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
‘मन्त्रीहरुको राजीनामा आउँदैन । राजीनामा मागमा शान्ति र संविधान भाँड्ने षड्यन्त्रको गन्ध छ । यस्तो बदलाको भावना लिने हो भने मुलुक फेरि द्वन्द्वमा फस्छ, शान्ति र संविधान बन्दैन,’ शुक्रबार राजधानीमा उनले भने ।
मन्त्री रायमाझीले हत्याको आरोप लागेका भूमिसुधार तथा ब्यवस्था मन्त्रीको राजीनामाको बचाउ गर्दै पुराना घटनामा मुद्दा हाल्दै जाने हो भने कांग्रेस एमाले सहित सबै पार्टीका नेताहरुलाई मुद्दा हाल्न र जेल हाल्न सकिने चेतावनी दिँदै यस्तो कुरालाई मुद्दा बनाउन नहुने दावी गरे ।
कार्यक्रममा एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले राष्ट्रियता विरोधी अभिव्यक्ति दिने रक्षामन्त्री र हत्याको आरोपी लागेका भूमिसुधार मन्त्रीलाई बर्खास्त नगरे प्रधानमन्त्रीको समेत राजीनामा माग्ने चेतावनी दिए । उनले दुई मन्त्रीले राजीनामा नदिएसम्म ब्यवस्थापिका संसदको बैठक सुचारु हुन नदिने बताए ।
तपाईको प्रतिक्रिया