Video News

  • साझा सवाल: चुनावका बारेमा सर्वसाधारणको मत

    तीन महिनाभित्र चुनाव गर्ने भनेर चुनावी सरकार बनाएको तीन हप्ता वितिसक्यो तर अहिलेसम्म चुनावको प्रक्रिया त के चुनावको मिति समेत घोषणा हुन सकेको छैन । प्रमुख राजनीतिक दलका नेताहरूले आउँदो असारभित्र चुनाव गर्ने भनी तत्कालीन प्रधानन्यायाधीसको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । अव भने तिनै दलमध्येका केही नेताहरूले मंसीरसम्म भएपनि चुनाव गर्नुपर्ने भनिरहेका छन् । नेताहरूले राजधानीमा चुनावको बारेमा कुरा गरिरहदाँ मतदाताहरू के सोचिरहेका छन् त? चुनावका बारेमा सर्वसाधारणको मत बुझ्न साझा सवाल टोली मध्य...
  • नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसँगको कुराकानी

  • माग्ने बुढासँगको भलाकुसारी (भिडियो)

    नेपाली चर्चित हाँस्य टेलिश्रृंखला मेरी वास्सैका ख्यातीप्राप्त अभिनेता तथा निर्देशक केदार घिमिरे (माग्ने बुढा) सँग समुद्रपारि डट कमले टोकियोमा गरेको केही भलाकुसारीहरु । उहाँ लाली गुराँस एसोशियसनले आयोजना गरेको "लाली गुराँस नाइट" कार्यक्रममा सहभागी हुन टोकियो आउनु भएको हो ।
  • साझा सवाल – वैकल्पिक ऊर्जा (Episode 272)

    विद्युत प्राधिकरणको तालिका अनुसार हिउँदको यो याममै दैनिक १४ घण्टा लोडसेडिङ छ, अर्थात एक दिनमा जम्मा १० घण्टा मात्रै बिजुली आउँछ । तत्काल बिजुली उत्पादन गर्न सक्ने ठूला परियोजनाहरु देशमा छैनन् । छिमेकी देशबाट आयात हुने बिजुली पनि आफैलाई नपुगेको भनेर भारतले आधा कटौती गरेको छ । बिजुलीको अभावले उद्योगधन्दा कलकारखाना र मानिसको सामान्य दैनिकी अप्ठेरोसँगै अस्तव्यस्त पारेको छ । ग्रामीण ऊर्जा अर्थात माइक्रो हाईड्रो, सोलार, विण्ड ईनर्जी, गोवरग्याँस जस्ता प्रविधी बिजुलीको बढ्दो माग सम्बोधन गर्ने विकल्प हुन...
  • दिशानिर्देश – राजनीतिक विश्लेषक सी.के. लालसंगको कुराकानी

  • साझा सवाल – भूकम्पीय जोखिम न्यूनीकरण (Episode 271)

    विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार गरिएको यो साझा सवालको बहसमा गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित हुनुहुन्छ ।
  • साझा सवाल – महिला हिंसा (Episode 270)

    काठमाडौंमा ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार । बारामा छोरीलाई हत्या गरेको अभियोगमा बाबु पक्राउ । सर्लाहीमा बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइयो। वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी युवतीलाई प्रहरीद्वारा बलात्कार । आजभोलि दिनदिनै यस्ता समाचार दोहोरिरहेका छन् । महिलामाथि बढ्दो हिंसा कसरी रोक्न सकिन्छ? आज हामी महिलामाथि भइरहेका ज्यादती र त्यसलाई रोक्ने उपायका बारे बहस गर्दैछौं । बहसमा हामीसँग अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष एवं एनेकपा माओवादीका नेतृ शशी श्रेष्ठ, राष्ट्रिय महिला आयोगक...
  • साझा सवाल – कर्मचारी संयन्त्र (Episode 269)

    अन्तर्वार्ता गरेका गणतन्त्रपछिका सबैजसो प्रधानमन्त्रीले सोचेजति आफूले काम गर्न नसक्नुको दोष चाहिँ कर्मचारी संयन्त्रलाई दिएका छन् । अचम्म त के छ भने मुख्यसचिव, सचिवहरुले गर्ने मुल्यांकनमा नेपालका हरेकजसो कर्मचारीले सयमा सय नै नम्वर पाएका हुन्छन् । त्यसो भए कर्मचारी संयन्त्रका नाइके मुख्यसचिव लीलामणि पौड्याल कसरी मुल्यांकन गर्छन् त नेपालको कर्मचारी संयन्त्रलाई?साझा सवालको यो अङ्क पोखरामा रेकर्ड गरिएको हो ।
  • विल्सनविक्रम राई (तक्मे बुढा) संग कुराकानी

    नेपालका चर्चित हास्य कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) संग उहाँको कलाकारिता जीवनका विविध पक्षहरुका बारेमा समुद्रपारि डट कमले गरेको कुराकानी । उहाँ नेपाल मगर संघ जापानको १७ औं लाङ्घाली साँझ - २०१३ का लागि टोकियो आउनुभएको हो । सौजन्यः गुरुङ डिजिटल भिडियो टोकियो  
  • साझा सवाल – बन फँडानीको राजनीतिक अर्थतन्त्र (Episode 268)

    नेपालको कुनै चीज पारदर्शी छ भने त्यो बन हो । वारिबाट हेरेको बन पारि छर्लंगै देखिन्छ । कृषिमा आश्रित नेपाली जनसंख्याका लागि घाँस, दाउरा, पानीलगायतको स्रोत बन नै हो । तर त्यही बन नै बर्षेनी हजारौं हेक्टर क्षेत्रफल नाङ्गो पारिएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालको ७५ जिल्लामध्ये सवैभन्दा बढी बनक्षेत्र भएको जिल्ला कैलाली हो भने सरकारी तथ्यांकअनुसार सवैभन्दा धेरै बन फँडानी भएको जिल्ला पनि कैलाली नै हो । सरकारी आँकडाले कैलाली जिल्लामा मात्र २० हजार हेक्टरभन्दा बढी बन उजाड पारिएको देखाउँछ । बन संरक्...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित