शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाली कथानक चलचित्र ‘सायद–२’ को गीत सार्वजनिक भएको छ । असार ३० गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘सायद–२’ को पहिलो भिडियो गीत ‘उडेँ उडेँ’ बोलको भिडियो सार्वजनिक भएको हो ।
सुगम पोखरेल, सागर पाण्डे, अस्मिता उप्रेती, कमल के क्षेत्रीको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि सुगम आफ्नै हो । भिडियोमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । भिडियोमा कलाकार पोखरामा ड्रोनमा उडिरहेका समेत देख्न सकिन्छ ।
सुनिल रावल, ईश्वर श्रेष्ठ र सुभास लामिछानेको निर्माण ‘सायद–२’ को कथा तथा निर्देशन पुस्पराज न्यौपानेको हो । कथा भने सुनिल रावलको हो ।


तपाईको प्रतिक्रिया