शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्यतया दिन अनुकुल नै देखिन्छ । काम गर्न सके दाम कमाउन सकिनेछ । अरुको भर परियो भने आएको अवसर पनि गुम्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दुविधामा नपरि काम गर्नु होला गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । काम गर्दा हेलचत्र्याई नगर्नु होला अवसर गुम्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  निश्चिन्त पारिवारिक समस्या बढ्न सक्छन् । अनावस्यक काममा समय खर्च हुनेछ । संचित धनको नास हुनेछ । भ्रम सृजना हुने देखिन्छ । विश्वास घात हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य क्षमता बढ्नेछ । प्रयत्न गरेमा धेरै काममा सफलता मिल्नेछ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आर्थिक कारोवारमा सुधार अउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्दा आर्थिक संरचनालाई नचलाई गर्नु होला । धन भन्दा श्रम लगानी बढि गरेर काम गर्नु होला । गरेका कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्नो कामलाई महत्व दिनु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । संचित धन नचलाउनु होला । कार्य क्षमता घट्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यर्थको घुमाई फिराई हुनेछ । फजुल खर्च बढ्नेछ । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काममा ढिला नगर्नु होला । समयमा गरेका कामबाट लाभान्वित हुनुहुनेछ । आत्मविश्वास बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  अधुरा रहेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा हेलचक्र्याई नगर्नु होला हानी हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले पूर्ण साथ दिने छैन,जीवन साथिको सहयोग लिएर काम गरेमा सफलता मिल्नेछ । पढाई लेखाईमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा सजग भएर काम गर्नु होला नत्र हानी नोक्सान बढि हुनसक्छ । स्वास्थ्य कमजोर हुनेछ । कष्टपूर्ण यात्रा हुनेछ । व्यापारमा अवनति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  ढिला सुस्ति नगर्नु होला,समयको सदुपयोग गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया