शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – सर्वाधिक कलेक्सन गर्न सफल चलचित्र ‘छक्का पञ्जा ३’को जापानमा पहिलो शो यहि १८ तारिख आइतबारका दिन टोकियोमा हुने भएको छ । चलचित्रको जापानका लागि आधिकारिक वितरकको अधिकार सुर्य कर्पोरेसन लिमिटेडले लिएसँगै यहि नोभेम्बर १८ तारिख आइतबारका दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो शो गर्ने भएको हो ।

जापानका १५ बढी शहरमा प्रदर्शन हुन लागेको चलचित्रको प्रदर्शा मिति मिति, समय र स्थान क्रमश तय हुदै गइरहेको कर्पोरेसनका निर्देशक बाशुदेश लामिछानेले जानकारी दिनुभयो । हालसम्म १८ नोभेम्बरमा टोकियो, ५ डिसेम्बर ओकिनावा, ८ डिसेम्बर फुकुओका र १६ डिसेम्बरमा तोचिगिमा प्रदर्शन हुने गरी तय भइसकेको छ । १८ तारिखका दिन मेगुरो कुमिन सेन्टरमा साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा दुई हजार र डोरमा तीन हजार तय गरिएको छ ।

‘छक्का पञ्जा ३’ नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल भएको छ । चलचित्रले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ । हाल नेपालमा पनि सुखद प्रदर्शन गरिरहेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मले १८ करोडमाथि कलेक्सन गरिसकेको खबर छ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल शिवहरी पौडेल, दीपिका प्रसाईँ, बुद्दि तामाङ, नीर शाहलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

तपाईको प्रतिक्रिया