शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – राष्ट्रियसभाका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेर केपी ओली नेतृत्वको सरकारले नाम फिर्ता लिएका तीनजनाले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालनमा सुनुवाइ हुँदै छ ।

राष्ट्रियसभामा सिफारिस गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेलले आफूहरुलाई नियुक्त गर्न माग गर्दै शुक्रबार दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशसमा पेशी तोकिएको छ ।

देउवा सरकारले माघ २५ गते सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिएर ओली सरकारले फागुन ८ गते युवराज खतिवडा, विमला पौडेल र रामनारायण बिडारीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

देउवाले सिफारिस गरेकाको नाम दुई हप्तासम्म स्वीकृत नगरेकी राष्ट्रपति विद्यादेवि भण्डारीले ओलीले सिफारिस गरेका नाम अाधा घन्टामै स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिको यो कदम संवैधानिक नभएको जिकिर दायर रिटमा गरिएको छ । रिट निवेदनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच संवैधानिक सम्बन्ध कायम गर्दै आफ्नो सिफारिस कार्यान्वयन गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया