शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – बाम एकता प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने कसरत गरेका एमाले माओवादी केन्द्रबीच आज पनि छलफल हुँदैछ ।

दुई पार्टीबीचको बैचारिक विवादलाई महाधिवेशनसम्म छलफलका लागि लैजान शीर्ष नेतृत्व सहमत भएपछि एकताले मूर्तरुप पाउन लागेको हो ।  एकता संयोजन समितिको कार्यदल संयोजक सुभास नेम्वाङले सरकार बिस्तार र पार्टी एकताबारे दुई अध्यक्षबीच आज छलफल हुने जानकारी दिनुभयो ।

दुई अध्यक्षबीच छुट्टै भेटवार्तापछि मात्रै एकता संयोजन समितिको बैठक बस्नेछ । एकता प्रक्रियाका कारण सरकार बिस्तारमा ढिलाई भएको भन्दै संयोजक नेम्वाङले दुई अध्यक्षबीच आज सहमति भए भोलीसम्ममा सरकार विस्तार हुने जानकारी दिनुभयो ।

नेताहरुको पदीय व्यवस्थापन र बैचारिक एकता हुन नसक्दा माओवादीले सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छैन ।

तपाईको प्रतिक्रिया