बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं –  मानसिक स्वास्थ्य र मनोसामाजिक क्षेत्रको सुधारका लागि दुई दिने अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा आज सुरु हुँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको समन्वयमा आज र भोली सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा नेपाल सहित भारत, अष्ट्रेलिया, नर्वे लगायत राष्ट्रका विशेषज्ञहरुले मानसिक स्वास्थ्य सम्बन्धी ९५ वटा कार्यपत्र प्रस्तुत गर्ने महाशाखाका जनस्वास्थ्य अधिकृत विजयक्रान्ति शाक्यले बताउनुभयो ।

मानसिक स्वास्थ्य नीतिका विभिन्न पक्षमाथि छलफल गरि मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रको प्रवर्धन, रोकथाम, उपचार र पुर्नस्थापनामा सम्मेलन केन्द्रित रहने शाक्यले बताउनुभयो । बुढानिलकण्ठको होटल पार्क भिलेजमा हुने कार्यक्रममा ३ सय ५० भन्दा बढीको व्यक्तिको सहभागिता हुनेछ ।

नेपालको कुल जनसंख्याको ३७ दशमलव ५ प्रतिशत मानिसमा मानसिक स्वास्थ्यको समस्या रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया