शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – हालै गरिएको स्वास्थसम्बन्धी एक अनुसन्धानले साइकल चलाउँदा पुरुषको यौन स्वास्थ वा मूत्र प्रणालीको सञ्चालनमा कुनै नकारात्मक प्रभाव नपर्ने तथ्य पत्ता लगाएको छ ।

अनुसन्धानकर्ताहरुले साइकल चालउनेहरुलाई धावक र पौडीवाजहरुसँग तुलना गर्दा तिनीहरुमा तुलनात्मक रूपमा कुनै पनि कमी नभेटेको बुझिएको छ । विगतका अध्ययनहरुले साइकल चलाउँदा पुरुषको यौन कार्यमा नकारात्मक प्रभाव पर्ने मान्यता अघि सार्ने गरेका थिए । बरु पछिल्लो अध्ययनले साइकल चलाउने पुरुषहरुमा क्यान्सर हुने सम्भावना ५० प्रतिशतले कम हुने खुसीको कुरा पत्ता लगाएको छ ।

यौन स्वास्थ्य र मूत्र प्रणालीको कार्यसम्बन्धी थुपै्र प्रश्नावलीसहित संयुक्त अघिराज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डका करिब २ हजार ७ सय ७४ जना साइकल चालक र ५ सय ३९ जना पौडीवाज तथा ७ सय ८९ जना धावकमाथि सर्वेक्षण गरिएको थियो । केही साइकल चालकमा भने मूत्रनली साँघुरिने समस्या देखापर्ने बढी खतरा रहेको पाइएको छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया