शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले फर्दर पब्लिक शेयर अफरिङ (एफपिओ) माघ १५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपिओ जारी गर्न लागेको हो।

बुटवल पावरले एक सय रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ बिक्री गर्न लागेको हो। कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

कम्पनीले जारी गर्न लागेको एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। एफपिओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बिपिसीले जनाएको छ।

कम्पनीको एफपिओलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको अवस्था औसत रहेको संकेत गर्छ। एफपिओ निष्काशनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ। कम्पनीमा सरकारको १० प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आउँदो ४ वर्षमा बिपिसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया