शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – चर्चित लोकगायक युवराज छन्त्याल र गायिका देबीका केसीको नयाँ पञ्चेबाजा गीत बजारमा आएको छ । गीतले देश विदेश जहाँ गएपनि आफ्नो देशकको परम्परा र संस्कृती बचाउनुपर्ने सन्देश दिन खोजेको छ ।

बसन्त थापाको शब्द रहेको गीतमा शंकर बिसी, रिना थापा लगायतले अभिनय गरेका छन् । गायक छन्त्याललार्इ चर्चित गायिका केसीले साथ दिएकी छिन् ।

चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका चर्चित सन्देशमुलक गीत सार्वजनिक गरिसकेका छन्त्यालले रास्ट्रभक्ति र सन्देशमुलक “बाजा बजाउदै” नामक गीत लिएर पुन एकपटक दर्शक श्रोतामाझ आएका हुन् ।

तपाईको प्रतिक्रिया