बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

२६ बर्ष देखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल पुन: संचाल गर्न सराेकारवाला बिच काठमाडौमा सहमति भएपछि बागलुङकाे बलेवा बिमानस्थल फेरि एकपटक   राष्ट्रिय अन्तरराष्ट्रिय  रूपमा चर्चामा अाएकाे छ ।
बागलुङ बलेवा बिमानस्थल  संचालन योग्य बनाई २०७४ चैत महिनाकाे पहिलो सातादेखि  हवाई सेवा  संचालन गर्ने गरि लिखित सहमति गर्न  बागलुङ नगरपालिकाका मेयर जनकराज पाैडेल सफल देखिएका छन् ।  पाैडेल संगै पूर्वमन्त्री दिनानाथ शर्मा पूर्व सांसद प्रकाश पाैडेल लगायत सराेकारवालाले जुन  भूमिका खेले त्यसलाइ सकारात्मक रूपमा लिनुपर्छ ।
नागरिक उड्ययान प्राधिकरण नेपालका उप महानिर्देशक राजन पोख्रेल  नेपाल बायुसेवा निगम तारा एयर समिट एयर मकालु एयर  समेतका प्रमुख प्रतिनिधिहरु संग (CAAN) प्राधिकरणको कार्यालय काठमाडौमा बलेवा विमानस्थल संचालनका लागि सरोकारवालाहरु समेतको बैठकमा बायु सेवा कम्पनी  बागलुङ नगरपालिका र स्थानीय सोकारवालाबिच यात्रुहरुको सुनिश्चितता सहित समन्वय गरि वलेवा–काठमाडौ बिमानसेवा  संचालनमा ल्याउने सहमति गरियो । यसलाई पहिलो सफलता मान्नुपर्छ । हाललाई हप्तामा २ पटक नेपाल  बायुसेवा निगम  र तारा एयरले १/१ उडान संचालन गर्ने /गराउने निर्णय भएको छ । अबश्य पनि याे कुरालाई ब्यबहारिक रूपमा लागु गराउन जरुरी छ ।
अहिले जसरी चिसो माैसममा एकाएक तातिएर बागलुङकाे बिकासकाे लागि बागलुङ जिल्लाका मान्छेलाई राजधानीसम्म सहजरूपमा यात्रा गर्नका लागि जुन पहलकदमी स्थानीय निकायकाे जिम्मेवार ब्यक्तिकाे हैसियतले जुन भूमिका निभाए अब भने हामीले यसलाई चाहिने पूर्बाधार तुरुन्तै बनाउन जरुरी छ ।समयले कसैले पर्खदैन हामीले चैत महिनाकाे पहिलो सातादेखि काठमाडौ बागलुङ हवाई सेवा संचालन गर्ने डेटलाइन ताेकिसकेका छाै अब त्यो अनुसार अगाडि बढ्ने हाम्रो दिन गन्ती शुरू भैसकेको छ ।
बागलुङ बलेवा बिमानस्थलसम्म जाने सडकलाई सबैभन्दा पहिले कालाेपत्रे गर्न जरुरी छ । बागलुङ  मालढुङ्गादेखि  बलेवासम्म पुग्ने सडक धेरै लामाे नभएको कारणले पनि तत्काल काम शुरू गरेर सम्पन्न गर्न साच्चै मनदेखि लाग्ने हाे भने समस्या केही पनि छैन । सरकारले बजेट भने जति दिन सक्छ मुख्य कुरा कामकाे हाे त्यहाँसम्म पुग्ने सडक राम्रो नभए सम्म सवारी गुड्न सक्दैन सवारी साधन नपुगे बलेवा बिमानस्थलसम्म हवाई जहाज चढ्न जाने यात्रु समयमा पुग्न सक्दैन त्यो नभएसम्म हवाई जहाज चलाउने कम्पनीले अाफ्नाे सेवा दिन सक्दैन । सबै काम अब बलेवा सम्म पुग्ने सडक  र त्यहाँसम्म जाने भरपर्दो यातायात हुन जरुरी छ ।
बागलुङको बलेवा बिनानस्थल संचालन गर्नुपर्ने  माग बागलुङ उद्योग बाणिज्य संघले  गरिरहेकाे त्यसको लागि धेरै पटक कार्यक्रम समेत गरेर सराेकारवाला काे ध्यानाकर्षण गराउने काम गरेको  अहिले बागलुङ नगरपालिकाकाे सक्रियतामा हवाई सेवा संचालन गर्ने सहमति हुनु सकारात्मक काम  भएको यसले बागलुङमा थप पर्यटक अाकर्षित गर्ने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीकाे भनाइ पनि मनन याेग्य छ ।
२०१९ सालदेखि शुरू भएको बागलुङ काे बलेवा विमानस्थल धाैलागिरिबासी एकमात्र हवाई गन्तव्य थियो  । बागलुङ काठमाडौ बागलुङ पाेखरा बागलुङ भैरहवामा नेपाल एयरलाइन्सबाट सस्तो र सुलभ रूपमा सेवा पाइरहेका यात्रुहरूले २०४८ सालमा बागलुङ पाेखरा सडक निर्माण पछि यातायात चल्न थालेपछि हवाई सेवा बन्द हुन पुगेको पनि अहिले २६ बर्ष बितिसकेको छ ।
पाेखरामा रहेको बिमानस्थलबाट अहिले राजधानीकाे लागि  दैनिक २ दर्जन भन्दा बढी हवाई सेवा संचालन भैरहेको छ ।अहिले यात्रा गर्ने स्वदेशी देखि बिदेशी सम्मले पाेखरादेखि काठमाडौसम्म हवाई यात्रा लाई नै राेज्ने गरेकाे देखिन्छ । साच्चै बागलुङ सदरमुकामदेखि बलेवा विमानस्थलसम्म पुग्ने सडक कालिगण्डकी काेरिडाेर पनि बनिसकेको छ ।कुश्मीशेरा सडक पनि अहिले कालाेपत्रे गर्ने अभियान चलिरहेको छ। साच्चै अब बलेवासम्म जाने सडक राम्रो सुबिधाजन्य नभएसम्म विमानस्थल संचालन गर्न गार्‍हो पर्छ यो कुरालाई ध्यान दिन जरुरी छ ।
बागलुङ जिल्लामा २०४८ सालमा बन्द भएको बलेवा बिमानस्थल पुन संचालन गर्ने भनी माअाेबादीका मन्त्री लाेकेन्द्र बिष्ट मगर र दिनानाथ शर्माले एकपटक बलेवा बिमानस्थलमा काठमाडौदेखि नेपाल एअरलायन्सकाे विमान ल्याएपनि सेवा भने शुरूवात भएको थिएन । कारण जतिसुकै खाेजे पनि उहि सडक अनि यातायात नै हाे त्यो कुरा बुझ्न अब ढिलाइ गर्न हुदैन ।अहिले बायुसेवा कम्पनी सकारात्मक भएर अहिले विमान सेवा दिन राजी भएको समयमा अलमल गरेर मात्रै कुरा गरेर माघ फागुन फाल्ने हाे भने चैत महिनाकाे पहिलो साता बागलुङको बलेवा एयरपोर्टमा हवाई जहाज हैन खाली काैवा र चील मात्रै उडेकाे हेर्न हामी बाध्य हुने छाै ।अहिले काम गरेको जस कसले लिने हाेडबाजी गर्नु भन्दा सबै मिलेर काम गरेर देखाउन सके मात्रै हामीले खाेजेकाे उपलब्धि हुनेछ ।  नत्र भने नेपाली उखान जस्तो छाेरा पाउने कहिले कहिले कन्दानी  बान्ने अहिले भने जस्तो हुन जान्छ । अब हामीसंग धेरै समय छैन मात्रै २ महिना छ गर्नुपर्ने काम धेरै छन् त्यो कसरी सम्पन्न गर्ने अनि विमान संचालन गर्ने भन्ने कुरा नै प्रमुख कुरा हाे । अहिले बागलुङदेखि काठमाडौसम्म सडक मार्गबाट  यात्रा गर्दा धेरै समय लाग्ने यात्रा भएको कारणले पनि हवाई यात्रा गर्नेकाे सङ्ख्या बढी रहेको छ । बागलुङबाट काठमाडौ हवाई सेवा संचालन भएमा अबश्य पनि राम्रोसँग  व्यावसायिक रूपमा एयरलाइन्स कम्पनीकाे ब्यापार हुने नै छ । बागलुङमा थप अान्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पनि मद्दत पुग्ने छ ।
बागलुङ जिल्ला बासीको पुरानो सपना फेरि साकार हुने देखिन्छ । सबै मिलेर यसलाई सहयोग गरि अाअाफ्नाे क्षेत्र बाट सफल पाराै  ।चैतकाे पहिलो सातादेखि शुरू हुने बागलुङ काठमाडौकाे व्यावसायिक हवाई यात्रा गरेर हामीले पनि फाइदा उठाउन सिकाै ।
अब पाेखराबाट हैन बलेवा विमान स्थलबाट नै राजधानी पुग्न मार्गमा लागाै । १२ बर्षपछि बगिरहेको खाेला पनि फर्कन्छ भने झै अहिले २६ बर्ष पछि भए पनि बलेवा विमानस्थलबाट पुन हवाई जहाज उड्ने भएको छ । अहिले बलेवा विमानस्थल संचालन गर्न भूमिका निभाउनु हुने  सबै सबैलाई बधाई तथा शुभकामना ।

तपाईको प्रतिक्रिया