बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो–जापानको अटोमोबाइल कम्पनी ‘निसान’ले कारको स्टेयरीङ्गलाई हात लगाइएपछि ड्राइभरको दिमागको सोचाइको भरमा सञ्चालन हुने कारको आविष्कार गरि सञ्चालनमा ल्याउने तयारी गरेको जापानका समाचार माध्यमले जनाएका छन् ।
कम्पनीले छिट्टै नै कारको दुनियाँमा हालसम्मकै सबैभन्दा अनौठो प्रविधि सहितको यो कार विश्वसामु ल्याउन लागेको बताइएको छ । अहिलेसम्म विश्वमा यस प्रकारको बारेमा चर्चा मात्र भइरहेको थियो कम्पनीका कार्यकारी उपाध्यक्षले भने तर हामीले छिट्टै नै यस्तै प्रविधि भएको कार सडकमा ल्याउन लागेका छौ । जापान अनौठो र सबैलाई छक्क पार्ने नयाँ नयाँ प्रविधि तयार गर्नमा सबैभन्दा अगाडि रहेको छ । यसै सन्दर्भमा यो कारको निर्माण हुन लागेको बताइएको छ ।
यस अनौठो प्रविधिलाई ‘ब्रेन टु व्हीकल’ (बी२वी) नाम दिइएको छ । यस प्रविधिका साथमा आउने कार यति स्मार्ट हुनेछ कि स्टेयरिङ्ग बिना केबल कार चलाउने मानिसको दिमागलाई पढेर कार सडकमा दौडिनेछ । समाचारमा जनाइए अनुसार केही दिनमा अमेरिकाको लस बेगासमा हुने इन्टरनेशनल कन्ज्यूमर शो मा कम्पनीले उक्त कार प्रदर्शन गर्ने भएको छ । कम्पनीका कार्यकारी उपाध्यक्षले बी२वी प्रविधि दुनियाँमा पहिलो प्रविधि भएको र यसले दिमागको संकेतलाई रियल टाइम पहिचान गरेर चल्ने बताएका छन ।
यस प्रविधिको माध्यमबाट ड्राइभिङ सीटमाथि बसेको मानिसले माइक्रोसेन्सरबाट एउटा सानो क्यापलाई टाउकोमा लगाउनेछ । यो क्यापले हरेक सेकेन्ड उसको दिमागलाई पढेर उसको दिमागको इशारामा नै चल्नेछ ।
कम्पनी उक्त प्रविधिमा काम गरिरहेको छ । अरु कम्पनी र अन्य देशले यस्तो प्रविधिमा काम गरिरहेको भने पनि हालसम्म यस प्रकारको आविष्कार गर्न भने सकिरहेका छैनन् । बजारमा ल्याउन लागिएको सो कार स्टेयरीङ्गलाई हात लगाएपछि केबल ड्राइभरको दिमागको सोचाइको भरमा नै कार चलेर यात्रुहरुलाई गन्तव्यमा पुर्याउनेछ ।
यो भन्दा पहिले अमेरिका र हाइक्लास कारका लागि परिचित देश जर्मनी बर्षैदेखि ड्राइभरलेस कारलाई सडकमा ल्याउनका लागि काम गरिरहेको छ । तर अहिलेसम्म पनि यसमा सफल हुन सकिरहेको छैन । किनकि परीक्षणमा ती सबै देशहरु सफल हुन सकेका छैनन् । तर जापानको ‘निसान’ कम्पनीले यसलाई सफल बनाएर व्यवहारमा नै लागु गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया