शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको नतिजा करिब करिब सकिएको छ । निर्वाचन आयोगका अनुसार अब सर्लाहीको मात्र मतपरिणाम घोषणा हुन मात्र बाँकि छ ।

सर्लाहीबाहेक सबै क्षेत्रको मतगणना सकियो । अब भोलि बिहान आयोगमा पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक गर्नेछौ, आयोगका प्रवक्ता नवराज ढकालले भन्नुभयो । प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता कायमै राखेको छ । प्रत्यक्षमा तेस्रो बनेको नेपाली कांग्रेसले समानुपातिकमा आफ्नो उपस्थिति कायमै राख्दै दोस्रोमा उक्लिएको छ ।

आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । पछिल्लो विवरण अनुसार नेकपा एमालेले ३१ लाख ६० हजार ८८४ मत प्राप्त गरेको छ । एमालेलाई पछ्याउँदै कांग्रेसले ३१ लाख ९ हजार ६५२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले भने १२ लाख ९५ हजार ६३० मत प्राप्त गरेको छ ।  संघीय समाजवादी फोरमले ४ लाख ६८ हजार २१९ र राजपा नेपालले ४ लाख ६७ हजार ३४० मत प्राप्त गरेको छ ।

गणना अनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत पुर्‍याएका छन् । समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ ।

जनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ।

पछिल्लो विवरण अनुसार…

-नेपाल कम्युनिष्ट पार्टी (एमाले): ३१६०८८४

-नेपाली काँग्रेस: ३१०९६५२

-माओवादी केन्द्र: १२९५६३०

-संघीय समाजवादी फोरम, नेपाल: ४६८२१९

-राष्ट्रिय जनता पार्टी नेपाल: ४६७३४०

-विवेकशील साझा पार्टी: २१२२९३

-राष्ट्रिय प्रजातन्त्र पार्टी: १९६१८५

-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८८२०१

-नयाँ शक्ति पार्टी, नेपाल: ८१४१५

-राष्ट्रिय जनमोर्चा: ६२१२३

-अन्य: ३५४३२१

तपाईको प्रतिक्रिया