शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

भक्तपुर – महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिनुभएको छ । आज बिहान ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिनुभएको हो ।

वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले भेटेरै बधाई दिएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । भेटमा हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपाली उत्साहित भएको बुझाइ हमालको छ । अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने प्रष्ट पारेको प्रेस संयोजक अधिकारीले बताउनुभयो ।  ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

ओलीले चलचित्र हिरोले चलचित्रमा अभिनय मात्र नभएर देश बनाउनका लागि पनि भूमिका निवार्ह गर्नुपर्ने बताउनुभयो । नायक हमालले देशले आफूबाट गरेको अपेक्षा पूरा गर्न कुनै कसर नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया