शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपालीहरू पछिल्लो समय जंकफुडतिर आकर्षित छन् । व्यस्त जीवनशैलीका कारण पनि नेपालीले जंकफुडलाई जीवनशैली बनाउन थालेका छन् । नेपालीले प्रयोग गर्ने कार्बोहाइड्रेडयुक्त र जंकफुड स्वास्थ्यका लागि हितकर मानिदैन । यस्ता छन् यसका बेफाइदा :

-जंकफुडले मानिसको शरीरमा आवश्यकभन्दा बढी क्यालोरी उत्पादन गर्छ । तर, भिटामिनलगायतका तत्वहरू भने हुँदैन ।

-प्रायः जंकफुड तेलमा फ्राई गरिएका हुन्छन् । यसरी तयार पारिएको खाद्य पदार्थमा भिटामिन र मिनरलको मात्रा नष्ट हुन्छ । यसले शरीरलाई कुनै तरिकाबाट पनि फाइदा पु¥याउँदैन, जस्तै– फ्राई चिकेन, केक, चिजबल, चाउचाउ आदि ।

-प्रायः जंकफुडमा चिनीको मात्रा बढी हुन्छ । यस्ता खाद्य पदार्थको प्रयोगले मधुमेह लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

-जंकफुडले शरीरको तौल बढाई भद्दा बनाउँछ । जंकफुडको प्रयोगले आलस्यता बढ्ने, फुर्ती हराउने, खुट्टा दुख्नेलगायतका समस्या देखिन थाल्छ । यसका साथै रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा समेत समस्या देखिन सक्छ ।

-दालमोठ, चिप्स, भुजिया, पापड आदिमा नुनको मात्रा बढी हुन्छ । जसले शरीरमा नुनको मात्रा चाहिनेभन्दा बढी हुन जान्छ । यस्तो खाद्य पदार्थको प्रयोगले उच्च रक्तचापका साथै मुटुलाई समेत असर पार्दछ ।

तपाईको प्रतिक्रिया