शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  कसरी गर्ने ?

सुनीता विष्ट, ब्युटिसियन

अनुहारको छाला सुक्खा छ भने सुरुमा क्लिन्जिङ मिल्कले राम्रोसँग सफा गर्नुहोस् । यसो गर्दा छालामा रहेको फोहोर राम्रोसँग बाहिर निस्किने मात्रै होइन, छाला नै मुलायम बन्छ ।

क्लिन्जिङपछि सुक्खा छालामा टोनर लगाउनु अत्यावश्यक हुन्छ । टोनरले छालाको पिएच ब्यालेन्सलाई कायम राख्छ । यसपछि, डिप मोस्चराइजिङ क्रिम प्रयोग गर्नुहोस् ।

यसपछि, सन क्रिम प्रयोग गरेर मोस्चराइजिङ पाउडर प्रयोग गर्नु पनि राम्रो मानिन्छ । गाजल लगाउँदा सकेसम्म वाटरप्रुफ नै रोज्नु राम्रो हुन्छ । तर, डस्ट पाउडर भने प्रयोग गर्नुहुँदैन ।

घरमै हेरचाह

अनुहारको छाला सुक्खा भएका व्यक्तिले राति सुत्नुअघि मनतातो पानीले मुख धोएपछि मह, बदामको तेल र चिनीको बराबर मात्रा मिलाएर बनाएको लेप लगाउनु राम्रो हुन्छ । यो लेपलाई पूरै अनुहारमा लगाएर १० मिनेटसम्म रहन दिई हल्का रगडेर मनतातो पानीले धुनुहोस् । यसो गर्दा छालामा रहेको सुक्खापन कम हुनुका साथै दाग भए पनि कम हुँदै जान्छन् ।

तपाईको प्रतिक्रिया