मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

बागलुंग- नेपाल टेलिकमले उपल्लो मुस्ताङमा भि-स्याट  प्रविधि हटाएर माईक्रो वेभ लिङकमार्फत आफनो सेवा विस्तार गरेको छ । समुन्द्र सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा अवस्थित लोमाङथाङमा बिटिएस टावर स्थापना गरि सेवा सञ्चालनमा ल्याएको हो ।

मुक्तिक्षेत्र गाउपालिकाको घिउला डाॅडामा रिपिटर टावर राखेर माईक्रो वेभ लिङक मार्फत टावर सञ्चालनमा ल्याईएको नेपाल टेलिकम धौलागिरी प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । शर्माले भनें उच्च हिमाली भु-भाग र दुर्गम क्षेत्रमा काम गर्न र प्रविधि पुराउन निकै जोखिम र कठिन थियो यद्यपी हामी जनतालाई सञ्चारको पहुॅचमा जोडदै गुणस्तरीय सेवा प्रदान गर्ने नेपाल टेलिकमको योजना अनुरुप सेवा विस्तार गरिएको छ ।

टावरको विस्तार भएसॅगै लोमान्थाङ गाउपालिकाको सबै वडाहरु, दोलामे गाउपालिकाको केही वडाहरु सॅगै छोसेर, कोरला नाकासम्म सेवा पुगेको छ । मोवाईल सेवा विस्तारसॅगै त्यहाॅ पुग्ने पर्यटकलाई समेत भ्वाईस र तीव्र गतिको डाटा चलाउन सहज हुने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन । लोमान्थाङ मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम देखि १ सय किलोमिटर दुरीमा पर्दछ । त्यस्तै नेपाल टेलिकमले म्याग्दी जिल्लाको दुर्गम ठाउ मालिका गाउपालिका ३ डाडाॅगाउ किटेनीमा पहिलो पटक जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । सदरमुकाम बेनीदेखि ४६ किलोमिटरको दुरीमा रहेको ओखरबोटमा टावर विस्तार भएपछि रुम बिम बिलबाङ खबाङका करिब ७ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया