शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिका -५ मा बम विस्फोट हुँदा सात जना घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ ।

बामगठबन्धनको चुनावी सभा बाहिर आज अपरान्ह बम विस्फोट भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ स्थित राधाकृष्ण मन्दिर अगाडी भएको बम विस्फोटमा परी चन्द्रपुर १ स्थित चिडियागाउँका ३१ वर्षीय सरीता राई र उनका सात वर्षीय छोरा जैविक गम्भीर घाईते भएका हुन् । रौतहटमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनीहरुलाई चितवनस्थित मेडिकल कलेज पठाईएको छ ।

राधाकृष्ण मन्दिरको हलमा चुनावी सभा सकेर बाहिर निस्कने क्रममा बम विस्फोट भएको हो । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया