शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् ।

गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन् । घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया