शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा आज संसदीय निर्वाचन भैरहेको छ । संसदको एक वर्ष बाँकी हुँदै प्रधानमन्त्री सिन्जो आबेले संसदको तल्लो सदन विघटन गरेपनि संसदीय निर्वाचन भएको हो ।

प्रधानमन्त्री आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए । उत्तर कोरियाले लगातार गरिरहेको परमाणु परीक्षण र त्यसले जापानमा परेको चुनौतीलाई जोडेर आबेले चुनाव घोषणा गरेका थिए । यो मौकामा चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद् भंग गरेका थिए ।

आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले दुई तिहाई बहुमत ल्याउने अपेक्षा आबेले गरेका छन् । दुई तिहाई सीट जितेर संविधान संशोधन गर्ने र रक्षासम्बन्धमा निर्णयाधिकार आफ्नै देशमा राख्ने चाहना आबेको छ । उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेकोमा आबेप्रति जनलहर बलियो देखिएको छ ।

यही मौकाको सदुपयोग गर्न उनले चुनाव घोषणा गरेका थिए । ताजा मत सर्वेक्षणहरुमा पनि उनको दल लिबरल डेमोक्रेटिक पार्टी अरुको तुलनामा निकै अघि देखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया