शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जाजरकोट – तिहारमा रमाइलो गर्न र संस्कृतिलाई निरन्तरता दिन देशभर देउसी भैलो खल्ने कुरा नौलो होइन तर जाजरकोटको एक नगरपालिकाले कर बढाएको विरोधमा देउसी भैलो खेलिएको छ ।

भेरी नगरपालिकाले अस्वभाविक रुपमा कर बढाएको भन्दै रुष्ट स्थानीय बासिन्दाले जनप्रतिनिधिलाई भत्ता दिन ५ रुपैयाँ मुठीदान माग्दै देउसी भैलो खेलेका हुन् ।

नगरप्रमुख, उपप्रमुख, नगरपालिकाका कार्यकारी अधिकृत, १३ वटा वडाका वडा अध्यक्ष र सदस्यहरु तथा नगर कार्यपालिकाका सदस्य गरी ७१ जनालाई ५ रुपैयाँका दरले भत्ता स्वरुप तिहार खर्च दिनको लागि संकेतिक विरोध स्वरुप भैली खेलिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो ।

जिल्ला सदरमुकाम खलंगामा बुधबार भएको भैली कार्यक्रममा स्थानीय बासिन्दा स्वस्फुर्त रुपमा सहभागी भएका थिए । देउसीभैलोबाट संकलन भएको रकम तिहार लगत्तै हस्तान्तरण गरिने आन्दोलन संयोजन समितिका संयोजक शाहले बताउनुभयो ।

नगर सभाले आफ्नो भत्ता कायम गर्न भन्दै चर्को कर निर्धारण गरेपछि विरोध हुँदै आएको छ । नगरपालिकाले १३ सय प्रतिशतसम्म कर बढाएकोले आफूहरु मर्कामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया