शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बागलुङ – गलकोट नगरपालिका वाड नं ११ रिघाको मनेबामा आज सांझ करिब साढे ५ बजेको समयमा वा १८ च ७३६ नम्बरको ट्याक्सी दुर्घटना  हुँदा २ जना घाईते भएका छन् ।

दुर्घटनामा परी ट्याक्सीमा सवार २ जना गम्भीर घाईते भएको हटिया प्रहरी चौकिले जनाएको छ । घाईते हुनेमा गलकोट नगरपालिका वाड नं ९ का ६० बर्षिय पतिराम दर्जी, चालक बडि गाँउपालिका वाड नं ३ सिसाखानीका ४६ बर्षका तुलबहादुर घर्ती रहेको गलकोटका ट्राफिक प्रहरी महेन्द्र खत्रीले जनाकारी दिनुभयो ।

घाईतेको अहिले स्थानिय इमर्जेन्सी पोलिक्लिनिक प्रालि गलकोट हटियामा उपचार भैरहेको खत्रीले जनाकारी दिनुभयो । घाईते दर्जीको खुट्टामा र घर्तीको टाउकोमा गम्भीर चोट लागेको पोलिक्लिनिकका डाक्टर हरिसिंह भण्डारीले जनाकारी दिनुभयो । हटियाबाट खरवाङ जाने क्रममा सो दुर्घटना भएको स्थानियको भनाई छ । ट्याक्सी सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।***

तपाईको प्रतिक्रिया