शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

शनिबार राती लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा दुबै टोलीले बनाएका केही अवसर खेर फालेपछि खेल गोलरहीत बराबरीमा टुंगिएको हो ।

बराबरीले तालिकाको शीर्ष स्थानमा उक्लिने म्यान्चेस्टर युनाईटेडको यात्रामा धक्का लागेको छ ।

यसैगरी शनिबार राती नै भएको अर्को खेलमा लिगको दावेदार टोली म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ७÷२ ले पराजित गर्दा टोटनह्याम हट्सपरले बर्नमाउथलाई १-० ले पराजित गरेको छ ।

लण्डन क्लबहरु चेल्सी र आर्सनल भने पराजित भएका छन् । चेल्सीलाई क्रिष्टल प्यालेसले २-१ ले हराउँदा आर्सनललाई वाट्फोर्डले समान २-१ कै गोलअन्तरमा हराएको छ ।

स्वान्सी सिटीले हडर्सफिल्ड टाउनलाई २-० ले हराउँदा बर्नले र वेष्ट ह्याम युनाईटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

रातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट २२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायम रहेको छ ।

समान खेलबाट २० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको १७ अंक छ ।

१५ अंक जोडेको वाट्फोर्ड चौथो स्थानमा उक्लिँदा १३/१३ अंक जोडेका चेल्सी र आर्सनल भने क्रमशः पाँचौ र छैटौं स्थानमा झरेका छन् ।

तपाईको प्रतिक्रिया