शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जापानी, भारतीय दलों द्वारा चन्द्र अन्वेषण अभियान के परीक्षणटोकियो-जापानी र भारतीय संयुक्त टोलीद्धारा चन्द्रमामा अन्वेषण अभियान प्रतियोगितामा प्रतिष्पर्धा गर्दै आफ्नो अन्वेषण यानहरुको संयुक्त कृत्रिम परिक्षण गरेका छन् ।
जापानको हाकुतो र भारतको इनडस टोलीद्धारा भारतको दक्षिणी शहर बैंलोरमा आफ्नो संचालन केन्द्रको विमोचन गर्दै उक्त परिक्षण गरेका हुन् ।
संयुक्त टोलीले कृत्रिम परिक्षणको सुरु गर्दै चन्द्रमामा बिना टक्कर अन्वेषण यानको संचालन भएको पुष्टि गरेका हुन् । यी दुई अन्वेषण यान स्पेसबाट भारतीय रकेटमार्फत पठाइने छ ।
यसको औपचारिक सुरुआत आगामी डिसेम्बरमा गरिने जापानी संचार माध्यमहरुले जनाएका छन् । हाकुतो दलले आफ्नो यानको सम्पर्क स्थापित गर्नका लागि भारतीय दलको खोजी यान ल्याण्डर्सको उपयोग गरेको हो ।

तपाईको प्रतिक्रिया