शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

देवेन्द्र बस्याल, जापान

जापान नेपाली एकता समाजले आगामी अंग्रेजी नयाँ वर्षको सन्दर्भ  पारेर आफ्नो राष्ट्रिय सम्मेलन गर्ने भएको छ  त्यसले यामलाल सापकोटाको संयोजकत्वमा सम्मेलनको तयारी समिति पनि गठन गरीसकेको छ त्यसैगरी त्यसले बिभिन्न उपसमितिहरुको निर्माण गरेर सम्मेलनको तयारी समितिलाई पूर्णता दिने काम पनि गरीसकेको छ र महत्वपूर्ण कुरा के पनि हो भने हामीले हाम्रो संगठनको विकास र विस्तार गर्नको लागि जापानको बारेमा केहीकुरा थाहापाउनु जरुरी छ ।

जापान प्रशान्त महासागरको उत्तरी गोलार्धमा अवस्थित अमेरीकाको अधिनस्थ पुजीवादी प्रजातान्त्रिक देश हो । कोरीया, चिन एसिया यसका छिमेकी देशहरु हुन । टोकियो यस देशको राजधानी हो । जापानले आफ्नो देशलाई विकास निर्माणको हिसावले आठवाटा ठूला टापुहरुलाई ४७ प्रान्तमा विभाजन गरेको छ ।
होकाइदो – 1.होकाइदो

तोहोकु – 2. आओमोरी 3. इवाते 4. मियागी 5. आकिता 6. यामागाता 7. फुकुसिमा

कान्तो – 8. इबाराकि 9. तोचीगि 10. गुन्मा 11. साइतामा 12. चिबा 13. टोक्यो 14. खानागावा

चूबु – 15. नीगाता 16. तोयामा 17. इशिकावा 18. फुकुइ 19. यामानाशी20. नागानो 21. गीफु 22. शिजुओका 23. आइची

खान्साइ – 24. मिए 25. शिगा 26. क्योटो 27. ओशाका 28. ह्योगो 29. नारा 30. वाकायामा

चूगोकु – 31. टोट्टोरी 32. शिमाने 33. ओकायामा 34. हिरोसिमा 35. यामागुची

सिकोकु – 36. टोकुशिमा 37. खागावा 38. एहिमे 39. कोची

क्यसु – 40. फुकुओका 41. सागा 42. नागासाकी 43. कुमामोटो 44. ओइता 45. मियाजाकी 46. खागोसिमा  47. ओकिनावा

यहाँको जनसंख्या यहाँको सरकारी तथ्यांक अनुसार १२६,९१८,००० रहेको छ भने क्षेत्रफल १४५,९३६ बर्ग किलोमिटर रहेको छ । जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो । यहाँ विश्वका २६ लाख भन्दा बढी विदेसीहरु रहेका छन भने तिनीहरु मध्ये नेपालीहरु करिब ७० हजारको हाराहारीमा रहेका छन ।

जापान नेपाली एकता समाज यिनै नेपालीहरुका पिर व्यथा र समस्याहरुका विचमा स्थापित संगठन हो । यस परिप्रेक्षमा जापान नेपाली एकता समाज राजनीतिक उद्देश्यलाई एउटा पाटोकाे रुपमा राखेर अहिलेलाई भने सामाजिक सद्भाव, सामुहिक भावना र सवैका बीचमा एकता, र समन्वयको लागि कम्मर कसेर लाग्नु पर्छ । जापानमा कामगर्ने नेपालीहरुको हक हित र उनीहरुको सामाजीक, राजनीतिक, साँस्कृतिक एवमं व्यक्तित्व विकास निर्माणको बारेमा निरन्तर काम गर्नु जापान नेपाली एकता समाजको प्रमुख उद्देश्य हो र रहनु पर्दछ ।

यतिबेला जापानमा च्याउ जस्तै उम्रेका जातीय क्षेत्रीय वा सांप्रदायीक संघसंगठनहरुको बीचबाट उठेर अथवा त्यसप्रकारका संघसंगठनहरुका गलत क्रियाकलापहरुको भण्डाफोर गर्दै समग्र नेपालीहरुको साझा एवं मुटुको ढुकढुकी बनेर जापान स्थित नेपालीहरुको सुनौलो मार्गदर्शक अभिवावक बन्नु नितान्त आवश्यक छ । जापान नेपाली एकता समाजले अहिलेसम्मको उसको संठनात्मक पद्धतीलाई बदलेर त्यसको ठाउँमा खुला प्रकारको संगठन निर्माण पद्धतिलाई अंगाल्नु आवश्यक छ र त्यो खुला संगठनबाट खारिएका होनाहार कार्यकर्तालाई विषेश समितिमा कामगर्न दिने पद्धतीको विकास गर्नु पर्दछ ।

यसरी एउटा खुला संगठन निर्माणका लागि हामीले राष्ट्रिय स्तरमा  सदस्यता वितरण र प्रत्येक प्रान्तमा एक संगठन भन्ने मूल नारा अगाडी बढाउनु पर्दछ । अहिले एकातिर जापान एनआरएनए र अर्कातिर अन्य च्याउजस्तै उम्रीएका संघसंस्थाहरुले गर्न नसकेका जापानबासी नेपालीलाई फोकस गरेर तिनका पिरमर्काका कामहरु हामीले गरेर देखाउन सक्नुपरेको छ । विषेश गरी जापान नेपाली एकतासमाजले जापानमा कुक मजदुरको हकहितका विषयमा आवाज उठाउने, विद्यार्थीहरुसंग समन्वय र सहकार्य गर्ने, अन्य मजदुरहरुसंग पनि सम्पर्क र एकताको पहलकदमी जारीराख्ने तथा बिभिन्न संघसंस्थासंग एकताको लागि पहलगरी सवै नेपालीको सझामञ्चको श्रृजना गर्नु इतिहासले हाम्रो काँधमा सुम्पेको अभिभारा हो ।

यसरी हामी बृहत र फराकिलो बाटोबाट हिड्न सकेको र त्यसलाई सहि कार्यदिशा दिन सकेको खण्डमा एकदिन सवैको आवश्यकता हामी बन्न सक्ने निश्चित छ । त्यसैगरी हामीले बारंवार उठाउदै गरेको र जोड दिंदै आएको विषय भनेको हाम्रा गतिबिधि र कार्यहरुलाई सबैकामाझ पुर्याउने माध्यम अर्थात आफ्नै वेवसाईट हुनु जरुरी हुन्छ । साधन र श्रोत भएन भने हामीले कुनै पनि काम सरलढंगले सफल पार्न सक्दैनौं त्यसैगरी हामी आर्थिक  रुपमा पनि सवल हुनुपर्छ । अहिलेसम्मको एकता समाजको गतिविधीले हामीलाई लक्षसम्म पुग्न केही हदसम्म मद्दत गरेपनि सहि दिशा त्यो हुन सक्दैन । यसखालको परिप्रेक्षमा सम्पन्न हुनलागेको जापान नेपाली एकता समाजको सम्मेलनले नितान्त महत्व राख्ने भएकोले यसको प्रचारप्रसार, व्यवस्थापनमा विशेष ध्यानदिनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया