शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मंसिरका लागि तय दुई तहको निर्वाचनपछि केन्द्र र प्रदेशमा सरकार बनाउने संकल्प सहित एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ ।

राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा दुई दिन सम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बहुमत हासिल गर्ने संकल्प गर्दै दुवै तहमा एमालेको सरकार बनाउने निष्कर्ष निकालेको हो ।

तेस्रो चरणको निर्वाचन लगत्तै त्यसको समिक्षा गर्न काठमाण्डौमा बसेको स्थायी र केन्द्रीय कमिटीको बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक रणनीति समेत तय गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा पहिलो दल बनेपनि तेस्रो चरणको स्थानीय निर्वाचनमा पार्टीले हासिल गरेको खराब नतिजामा बैठक केन्द्रित रहेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गर्दै बैठकले दुई नम्बर प्रदेशमा प्राप्त गरेको परिणामबाट आत्तिनु नपर्ने निष्कर्ष समेत निकालेको छ ।

तपाईको प्रतिक्रिया