शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानको कन्भिनियन्स स्टोरहरुमा काम गर्ने बिदेशीहरुको संख्यामा तिब्र बृद्धि आएको छ । जापानका प्रमुख ३ कन्भिनियन्स स्टोरहरु सेभेन इलेभेन, फ़्यामिली मार्ट र लसनमा गरी काम गर्ने बिदेशीको संख्या अगस्त महिनामा ४४ हजार जना पुगेको जापान टुडेले प्रकाशित गरेको छ । ति कामदारहरु अधिकांश पार्टटाइम भएको र १० बर्ष अघिको तुलनामा धेरै गुणा बढि भएको पनि समाचारमा उल्लेख छ । पछिल्लो समयमा देखिएको मानव संसाधनको कमीका कारण यि ३ कन्भिनियन्स स्टोरहरुले तिब्रताका साथ बिदेशी कामदारहरु भर्ना गर्ने गरेका छन् । कन्भिनियन्स स्टोरहरुमा काम गर्ने बिदेशीहरु मध्ये बिद्यार्थीहरु रहेको कारण ति कम्पनीहरुले बिद्यार्थीहरुलाई आफ़्नो कम्पनीमा इन्टर्नसिपको ब्यवस्था गर्ने प्रणाली बनाउन अनुरोध गर्ने भएका छन् । आफ़्नो पढाईकै क्रममा इन्टर्नसिपको माध्यामबाट सिप अभिबृद्धि गराइ पढाई सकिनासाथ कम्पनीमा काम गर्न सक्षम होस भने चाहना ति कम्पनीहरुको रहेको छ ।

जापानमा बिदेशी कामदारहरुको संख्या गत अक्टोबर महिनामा १० लाख ८ हजार पुगेको र सो संख्या अहिलेसम्मकै सबैभन्दा बढि रहेको पनि समाचारमा उल्लेख छ । सेभेन इलेभेनमा काम गर्ने मध्ये पार्टटाइमको हिस्सा ६.५ प्रतिशत रहेको छ । सो संख्या फ़्यामिली मार्ट र लसनमा क्रमश ५ र ४.५ प्रतिशत रहेको छ । ति मध्ये धेरैजसो शहरी इलाकामा रहेका छन् । पछिल्लो समयमा आफ़्नो पढाई पूरा गरी कन्भिनियन्स स्टोरमा जागिर खाने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । तुलनात्मक रुपमा लसनले नेपाली कामदारहरु बढि लिने गरेको जानकारहरु बताउंछन् ।

तपाईको प्रतिक्रिया