शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – मध्यपहाडी क्षेत्रमा पाइने अम्बा अत्यन्त स्वादिलो फल हो । अघाउन खाइने यो फल आयुर्वेदिक औषधि पनि हो । फल मात्र नभएर यसको पात पनि बहुउपयोगी औषधिका रूपमा प्रयोग गरिन्छ ।

अम्बाको पातका औषधीय गुण 
झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।


मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेडमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत पुग्छ ।

डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ ।

अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ ।

अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ । अम्बाको ताजा पातलाई पिसेर डन्डिफोर भएको ठाउँमा लगाउनुपर्छ ।

नियमित रूपमा यसको प्रयोगबाट बिस्तारै डन्डिफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

अम्बाका औषधीय फाइदा
अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थामा खान स्वस्थकर मानिन्छ । साथै, अम्बाको पात र यसको बोक्रा आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग हुन्छ । अधकल्चो पाकेको अम्बाले पेटसम्बन्धी रोगमा फाइदा गर्छ । पाकेको अम्बाले तागत बढाउन मद्दत गर्छ ।

त्यसैगरी, पेट सफा गर्न, दाँतलाई दह्रो बनाउन र भोक जगाउन अम्बा सेवन गरिन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने हुँदा रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।

दम खोकी, वायु गोला हुँदा यसको सेवन गरिन्छ । पेटमा चुर्ना परेको वेला, टन्सिल हुँदा यसको पात र बोक्राको प्रयोगले फाइदा गर्छ । साथै, आउँ रगत हुँदा पनि यसको प्रयोगले निको पार्छ ।

तपाईको प्रतिक्रिया