शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान बसेको स्थायी कमिटी बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गरिने सचिव ज्ञवालीले बताउनुभयो । एमालेले प्रदेश नम्बर २ मा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्दै आएको छ । एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाललाई पुनः आहृवान पनि गरेको छ । लोकतन्त्रको सुदृढिकरणका लागि पनि राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी हुन पुनः आहृवान गर्नु परेको सचिव ज्ञवालीले बताउनुभयो ।

साथै एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । दल दर्ताका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई अख्तियारी दिइएको छ ।

तपाईको प्रतिक्रिया