शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – आफू बस्ने घर वा कोठा चिटिक्क बनाउने धेरैको चाहना हुन्छ । जसमा घरभित्रको लाइट, फर्निचरका सामान, डिजाइन, कलर आदि सबैको कम्बिनेसन हुनु आवश्यक छ ।

घरमा सिटिङ रुमको सजावट महत्वपूर्ण हुन्छ । घरमा आफन्त आउँदा स्वागत गर्ने ठाउँ बैठक कोठा हो । त्यसैले यो कोठा आकर्षक हुनु महत्वपूर्ण छ । बैठक रुममा चाहिने सबै सामान राखेर लाइट राम्रो भएन भने पनि आकर्षक नहुन सक्छ ।

घर वा कोठाको लाइट र डेकोरेसन मिलाउनुपर्छ । यदि सकिएन भने कोठा आरामदायी र आकर्षक हुँदैन । यसैले घरभित्रको सजावट गर्दा लाइटको भूमिका महत्वपूर्ण हुन्छ ।

सिलिङमा राखिने लाइट, झुन्ड्याउने लाइट, टेबलमा राखिने लाइट राम्रो ठाउँमा राख्ने । कोठामा चाहिने सोफा, कार्पेट, टेबल सुहाउँदो कलरको राख्ने । कोठामा प्रयोग गरिएको कलरको आधारमा डेकोरेसन र लाइट प्रयोग गर्नुपर्छ ।

meeting

बैठक कोठा सजावटमा लाइटको धेरै महत्व हुन्छ । आवश्यकताभन्दा बढी लाइटको प्रयोग पनि राम्रो देखिँदैन । सामान्यतया घर या कोठामा प्रतिवर्गफुट एक वाटको बत्ती प्रयोग गर्नु उपयुक्त हुन्छ । त्यसैले आफ्नो कोठाको क्षेत्रफलअनुसार लाइटको छनोट गर्न सकेमा राम्रो हुन्छ ।

कोठामा बत्तीको व्यवस्थापन गर्दा सबैभन्दा महत्वपूर्ण वस्तुलाई फोकस गर्नुपर्छ । बैठक कोठामा साजाएर राखेको सामान जुन महत्वपूर्ण छ, त्यसलाई फोकस गरेर लाइट प्रयोग गर्नुपर्छ ।

बैठक कोठामा प्राकृतिक उज्यालोलाई बढी ध्यान दिनुपर्छ । त्यसका लागि भवनको डिजाइन कसरी गरिएको छ, त्यसमा लाइटको कम्बिनेसन सोहीअनुसार मिलाउनुपर्ने हुन्छ । सकेसम्म घरको डिजाइन गर्दा बैठक कोठामा प्राकृतिक उज्यालो बढी आउने गरी डिजाइन गरिएको हुनुपर्छ ।

बैठक कोठामा मात्र नभएर घरमा सिएफएल, एलइडीजस्ता बत्ती प्रयोग गर्दा उज्यालो राम्रो आउँछ ।

तपाईको प्रतिक्रिया